`

नेपालगंजमा अनिश्चितकालिन कर्फ्यु

Nepal One HD १६ असोज २०८० १३:२२
अर्थ समाचार

बाँके– सामाजिक र धार्मिक सदभाव खलबलिने संभावना बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगंजमा कर्फ्यु आदेश जारी गरेको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि दिउँसो १ बजेदेखि कर्फ्यु जारी गरिएको हो ।
मंगलबार ओमकार परिवार हिन्दू समाजले निकालेको र्‍यालीमा ढुंगामुडा भएपछि तनावको स्थिति उत्पन्न भएको थियो ।
स्थिति थप जटिल बन्न नदिन जिल्ला प्रशासन कार्यालय बाँकेले पूवृमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोड जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाभित्र भेला हुन, सभा समारोह गर्न, र्‍याली निकाल्न, हिँडडुल र प्रदर्शन गर्न रोक लगाएको छ ।

बजार क्षेत्रमा प्रहरी नायब उपरीक्षक नारायण डाँगीको नेतृत्वमा ५ सय बढी प्रहरी परिचालन गरिएको छ । सय बढी संख्यामा सशस्त्र प्रहरीहरु पनि परिचालित छन् । नेपालगञ्जमा सम्भावित तनावलाई मध्यनजर गर्दै आज बिहान सदभाव र्‍याली समेत निकालिएको थियो । सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरी लगायतका धर्मगुरु, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागितामा पदयात्रा निकालिएको हो ।


प्रतिक्रिया