`

जनवरी ४ मा लन्डनमा एकसाथ गुन्जिँदै कन्दरा र स्वप्न सुमन

Nepal One HD १९ पुष २०८१ २०:१७
प्रवास

काठमाडौँ । नेपालको स्थापित सांगीतिक ब्यान्ड ‘कन्दरा’ले जनवरी ४ मा लन्डन ओटुमा दिने सांगीतिक प्रस्तुतिको तयारी अन्तिम चरणमा पुगेको छ । कार्यक्रका लागि कन्दरासँगै गायक स्वप्न सुमनले पनि सांगीतिक प्रस्तुति दिँदै हुनुहुन्छ। कन्दराले आफ्नो सांगीतिक यात्राको ३२ औँ वर्षगाँठ विश्व प्रतिष्ठित कन्सर्ट भेन्यु लन्डन ओटुमा उत्सवका रुपमा भव्य कार्यक्रम गर्न लागेको आयोजक मामाघर इन्टरटेनमेन्टले जनाएको छ।

आयोजकका अनुसार विश्वप्रख्यात द ओटुमा अवस्थित इन्डिगोमा युवा पुस्तामाझ प्रख्यात गायक स्वप्न सुमन आफ्नो ब्याण्ड द आस्टर्सका साथमा प्रस्तुति दिन पुग्नुहुनेछ।

कार्यक्रममा स्वप्न सुमन र उनको ब्याण्डले नढाक न मुहार शृंगारले, बाचा भयो, जे छौँ तिमी लगायतका गीतहरु प्रस्तुत गर्नेछन्। पहिला घरदेखि अनि परदेशको नारासहित विश्व भ्रमणमा निस्केको कन्दराका तिमी पारी, चन्चले कान्छी, लेककी हे माया, हङकङ पोखरा, तगारोमा रूमाल जस्ता गीत प्रस्तुत हुनेछन्।

आयोजकले नेपाली संगीत धरोहरको रूपमा रहेको कन्दरा ब्याण्डको यस ऐतिहासिक साँझको हिस्सा बनेर नेपाली गीत संगीत प्रवर्द्धनमा सहभागी हुन अनुरोध गरेको छ । जसका लागि अनलाइनमार्फत पनि कार्यक्रमको टिकट उपलब्ध हुने आ


प्रतिक्रिया