`

प्रशासन कार्यालयमा धर्ना दिन बसे राप्रपा कार्यकर्ता

Nepal One HD ९ वैशाख २०८२ १४:१३
प्रमुख खबर

 काठकामाडौं। राप्रपाले राजतन्त्र पुनर्स्थापना र गिरफ्तार भएका नेताको रिहाइको माग गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालय नजिक प्रदर्शन गरेको छ । 

६ बुँदे मागसहित मंगलबार राप्रपाका नेता कार्यर्कताले जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि धर्ना दिएका हुन् ।

जिल्ला कार्यसमिति, काठमाडौंको अगुवाइमा राप्रपाका नेता कार्यकर्ताहरू काठमाडौं प्रशासन अगाडि धर्ना बसेका हुन् ।

धर्नाका क्रममा राप्रपाका कार्यकर्ताहरूले ड्यूटीमा खटिएका प्रहरीलाई फूल दिएका थिए । देशभरका जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शनका साथै राप्रपाले विज्ञप्ति समेत बुझाएको छ ।


प्रतिक्रिया