`

आन्दोलनरत शिक्षकको माग वार्ताका माध्यमबाट सम्बोधन गर्छौंः शिक्षामन्त्री पन्त

Nepal One HD ११ वैशाख २०८२ १८:२८
प्रमुख खबर

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पदबहाली गरेका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा शपथपछि उनले सिंहदरबार पुगेर पदबहाली गरेका छन् ।

त्यसक्रममा उनले वार्ताका माध्यामबाट आन्दोलनरत शिक्षकको माग सम्बोधन गरिने बताए । आफूले भर्खर मात्र मन्त्रालयको जिम्मेवारी लिएको जनाउँदै उनले शिक्षा क्षेत्रकाबारेमा जानकारी लिएर अघि बढ्ने स्पष्ट पारे ।

तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य पन्त शिक्षामन्त्रीमा नियुक्त भएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका थिए ।


प्रतिक्रिया