`

कर्णाली राजमार्गबाट भ्यान नदीमा खस्यो, दुईजना घाइते

Nepal One HD २ जेठ २०८२ ७:००
समाचार

मुगु । कर्णाली राजमार्गको नाग्म–रारालिही सडक खण्डमा भ्यान दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । तिला गाउँपालिका–१ गाडगुडेनीमा क१ज ३७ नम्बरको भ्यान दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा चालक २०वर्षीय दिनेश नेपाली र हिमा गाउँपालिका ६ महावैपाथर खोलाका ५५ वर्षीय धनराज अधिकारी रहेका छन् ।ल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक रोहित रसाइलीका अनुसार घाइते चालक नेपाली र अधिकारीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइ रहेको छ । भ्यान सडकदेखि दुई सय मिटर तल नदीमा खसेको छ ।


प्रतिक्रिया