`

कार्यविधि विपरीत सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाउन गृह मन्त्रालयको निर्देशन

Nepal One HD १२ पुष २०७९ १५:३०
प्रमुख खबर

काठमाडौं । कार्यविधि विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन गृह मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी बहालवाला तथा पूर्वकर्मचारीले कार्यविधि व्यवस्थाविपरीत राखेका सुरक्षाकर्मी र सहयोगी फिर्ता गर्न निर्देशन दिएको हो ।

‘नेपाल सरकारबाट विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ जारी भई हाल कार्यान्वयनमा रहेको छ । उक्त कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरीत सेवा(सुविधालगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरी सकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरदिनुहुन सबैमा अनुरोध छ,’ प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया