`

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन

Nepal One HD २१ पुष २०७९ १३:५८
प्रमुख खबर

काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिनु भएको छ ।

उहाँले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उद्योग सचिवलाई यस्तो निर्देशन दिनु भएको हो ।

प्रधानमन्त्री प्रचण्डले वाणिज्य तथा आपूर्ति सचिवलाई अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमाजि मूल्य समायोजन गरी मूल्य कटौती गर्न निर्देशन दिनुभएको सचिवालयले जनाएको छ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिनु भएको हो ।


प्रतिक्रिया