`

एक महिनाभित्रमा आफ्नो विवरण अपडेट गराउन मेनपावर कम्पनीलाई रोजगार विभागको निर्देशन

Nepal One HD २४ पुष २०७९ १२:२०
प्रमुख खबर

काठमाडौं । वैदेशिक रोजगार विभागले मेनपावर व्यवसायीहरुलाई एक महिनाभित्रमा आफ्नो विवरण अपडेट गराउन निर्देशन दिएको छ । उनीहरूलाई आफ्नो सम्पूर्ण विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अपडेट गराउन निर्देशन दिएको हो ।

कतिपय मेनपावर कम्पनीहरूले आफ्नो संस्थालाई कानूनबमोजिम व्यवस्थित रूपमा सञ्चालन नगरेको पाइएपछि विभागले अद्यावधिक गर्न भनेको हो । दर्ता रहेका मेनपावर कम्पनीहरु व्यवस्थित नहुँदा विभागलाई आफ्नो दैनिक कार्य सञ्चालन, प्रशासन सञ्चालनमा समेत बाधा परेको भन्दै विभागले उनीहरूलाई एक महिनाभित्र आफ्नो संस्थाका बारेमा अद्यावधिक विवरणहरू फेमिसमा अपलोड गर्न भनेको हो ।

मेनपावर कम्पनीहरुले कम्पनी रहेको ठेगाना, फोन नम्बर, फ्याक्स नम्बर, इमेलसहित लाइसेन्स, शेयर लगत, गुगल नक्सा, सञ्चालकको नामसहित तीन पुस्ते विवरण, नागरिकता, संस्थाको परिचयपत्र, संस्थामा कार्यरत कर्मचारीको विवरण लगायतका सम्पूर्ण विवरण विभागमा पठाउन भनेको छ ।


प्रतिक्रिया