बिहिबार बढ्यो सुनको मूल्य, चाँदीको भाउ कति ?

अर्थ समाचार
काठमाडौं । बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । बुधबार १ लाख ३ हजार २ सयमा कारोबार भएको सुनको मूल्य आज तुलनामा प्रतितोला रु २ सयले बढेर प्रतितोला रु एक १ लाख ३ हजार ४ सयमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ९ सय छ । यसको मूल्य अघिल्लो दिन रू १ लाख २ हजार ७ सय थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रू ५ ले घटेर प्रतितोला रु १ हजार ३ सय ६० कायम रहेकोे महासङ्घले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट