`

माघ महिनाका लागि १.१३ प्रतिशत ब्याजदर घटाउने बैंकर्स संघ निर्णय

Nepal One HD २८ पुष २०७९ १३:२३
अर्थ समाचार

काठमाडौं  । वाणिज्य बैंकहरूले माघमा ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले माघ महिनाका लागि बैंकहरूले १.१३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो ।

हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा १२ दशमलव १३३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३३ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दति खातामा १५ दशमलव ३३३ प्रतिशतसम्म ब्याज रहेको छ ।

माघमा भने बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा ११ प्रतिशत र संस्थागततर्फ नौ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दति खातामा १२ प्रतिशत ब्याजदर तोक्नेछन् ।


प्रतिक्रिया