`

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ६ प्रतिशतले बढोत्तरी !

Nepal One HD २९ पुष २०७९ ११:५०
अर्थ समाचार

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा यो साता कच्चा तेलको मूल्य ६ प्रतिशतभन्दा बढीले बढोत्तरी भएको  छ  । चीनमा बढ्दो माग र अमेरिकी फेड रिजर्भको ब्याजदरमा दोहोरो अडानका कारण कच्चा तेलको भाउमा वृद्धि भएको हो ।

गत मार्चमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १३९ डलर पुगेको थियो, जुन सन् २००८ यताकै उच्चस्तर हो । तर हालै प्रतिब्यारेल ७५ डलरको नजिक पुगेको छ । गत साता ब्रेन्ट क्रुड र यूएस वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड डब्ल्यूटीआई ८ प्रतिशतले घटेको थियो ।

तर, यो साता भने निरन्तर बढेको छ । यो साता ब्रेन्ट ६.७ प्रतिशत र डब्ल्यूटीआई ६.२ प्रतिशत बढेको छ। आज शुक्रबारको प्रारम्भिक कारोबारमा ब्रेन्ट फ्युचर्स ४५ सेन्टले घटेर ८३.५८ डलर प्रतिब्यारेल कायम भएको छ ।


प्रतिक्रिया