शुक्रबार बढ्यो सुनको मूल्य, चाँदीको भाउ कति ?

अर्थ समाचार
काठमाडौं । शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । बिहिबार रु १ लाख ४ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज तुलनामा प्रतितोला रु ७ सयले बढेर १ लाख ५ हजार २ सयमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४ हजार ७ सय छ । । यसको मूल्य अघिल्लो दिन रू १ लाख ४ हजार थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रू २० ले बढेर प्रतितोला रु १ हजार ३ सय ७५ कायम रहेकोे महासङ्घले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट