`

सरकारद्धारा सडक विभागका पूर्वमहानिर्देशकको ६५ आना जग्गा जफत

Nepal One HD १९ माघ २०७९ ११:४२
प्रशासन

काठमाडौं ।  सडक विभागका पूर्वमहानिर्देशक आनन्दप्रसाद खनालको भक्तपुरस्थित ६५ आना जग्गा सरकारले जफत गरेको छ  । सर्वोच्च अदालतले फैसला गरेको १० वर्षपछि सरकारले उनको जग्गालगायतको स्रोत नखुलेको सम्पत्ति जफत प्रक्रिया अघि बढेको हो ।

गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले गत साता भक्तपुरको कटुन्जेस्थित खनालको जग्गा आफ्नो नाममा ल्याएको हो । जग्गाको हालको बजारमूल्य करिब १६ करोड रुपैयाँ छ ।

सर्वोच्च अदालतले १२ भदौ ०६९ मा खनाललाई दोषी ठहर गरी एक वर्ष तीन महिना कैद, एक करोड २१ लाख ५२ हजार ४४ रुपैयाँ जरिवाना र स्रोत नखुलेको उनको सम्पत्ति जफत गर्ने फैसला गरेको थियो । फैसला भएको १० वर्षपछि बल्ल केही सम्पत्ति जफत भएको हो ।


प्रतिक्रिया