सोमबार बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

अर्थ समाचार
काठमाडौं / सोमबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । आइतबार १ लाख ४ हजार १ सयमा कारोबार भएको सुनको मूल्य आज तुलनामा प्रतितोला रु ५ सयले बढेर १ लाख ४ हजार ६ सयमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४ हजार १ सय छ । । यसको मूल्य अघिल्लो दिन रु १ लाख ३ हजार ६ सय रुपैयाँमा थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहि प्रतितोला रु १ हजार ३ सय २० कायम रहेकोे महासङ्घले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट