सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासन, कहिलेसम्म दिन पाइन्छ आवेदन ?


काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले २३ माघ सोमबारदेखि ४ लाख १५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पुँजी ५० करोड रुपैयाँको ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको थियो । ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई निष्कासन गरिसकेको छ ।
त्यस्तै २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई र १० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ४ लाख १५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन बिक्री खुला गरेको छ । सोमबारदेखि आवेदन खुलेको आईपीमोमा छोटोमा २६ माघ र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भने आवेदन दिने म्याद ८ फागुनसम्म थप जनाइएको छ ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्कासनको लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।