बढ्यो पेट्रोलियम पदार्थको मूल्य

अर्थ समाचार

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको खुद्रा मूल्यमा प्रतिलिटर ३ रुपैया बढाएको हो ।
अब पेट्रोलको मूल्य बढेर रु एक सय ७८ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७५ पुगेको छ । यो मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ । यस्तै हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट