`

मंगलबार नेप्से परिसूचक ७६.६४ अंकले उकालो, ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार

Nepal One HD २४ माघ २०७९ १५:३४
अर्थ समाचार

मंगलबार शेयर बजार उच्च अंकले बढेको छ । नेप्से परिसूचक आज ७६.६४ अंकले बढेर २१७७.३५ विन्दुमा पुगेको छ । नेप्से परिसूचक बढेसंगै कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ ।

सोमबार १ अर्ब ४७ करोड ४१ लाख ६१ हजारको सेयर कारोबार भएको थियो । मंगलबार २६० वटा कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३६ करोडभन्दा बढी रुपैयाँको करोबार भएको छ ।मंगलबार, बरुन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत् र आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ। 

यसैगरी एनआईसी एसियाबैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकले १२ करोड ९२ लाख भन्दा बढी रुपैयाँ कमाएको छ । त्यस्तै,  कारोबारमा आएका १३ वटा उपसुचकहरुमा उकालो लागेर हरियाली छाएको छ । 


प्रतिक्रिया