उचित मूल्य नपाएको भन्दै झापाका किसानले गरे कुखुरासहित सडकमा प्रदर्शन

अर्थ समाचार

काठमाडौँ – झापाका किसानले उचित मूल्य नपाएको भन्दै आज कुखुरासहित सडकमा प्रदर्शन गरेका छन् ।
मंगलबार झापाको बिर्तामोडमा किसानहरुले उचित मूल्य नपाएको भन्दै सडकमा अण्डा फालेरसमेत विरोध जनाएका छन् । किसानले उत्पादन गरेको कुखुरा र अण्डा बिचौलियाका कारण बिक्री नभएको उनीहरुको आरोप छ । मूल्य र बजार नपाएको भन्दै मंगलबार झापाको बिर्तामोडस्थित विरोध जनाउँदै किसान ।
जिल्लाभरका अण्डा उत्पादक, कुखुरा पालक, बाख्रा पालकसहितका किसान आन्दोलित भएका हुन् । उनीहरूले आज दिउँसो बिर्तामोडको मुक्तिचोकमा नाराबाजी गर्दै विरोध जनाएका हुन् । उनीहरू करिब ४ सय कुखुरा र २० कार्टुन अण्डासहित प्रर्दशनमा उत्रिएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट