`

बुधबार सुनको मूल्य स्थिर, चाँदीको भाऊ कति ?

Nepal One HD १० फागुन २०७९ ११:१२
अर्थ समाचार

काठमाडौं / बुधबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । मंगलबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।

यता बुधबार चाँदी प्रतितोला १ हजार २ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यस्को मूल्य १ हजार २ सय ९० रुपैयाँ थियो ।


प्रतिक्रिया