`

आइतबार नेप्से परिसूचकमा ४.५५ अंकले उकालो, २ अर्ब भन्दा बढिको कारोबार

Nepal One HD १४ फागुन २०७९ १६:१८
अर्थ समाचार

 काठमाडौं / साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ४.५५ अंकले वृद्धि भएको छ। नेप्से ०.२२ प्रतिशतले बढेर २०२७.१९ बिन्दुमा पुगेर बन्द भएको छ।

आज २६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको हाे।

आइतबार विजय लघुवित्त, हरित विकास बैंक र अभियान लघुवित्त कम्पनीको सेयर ७ प्रतिशतले वृद्धि भएको छ। 

त्यस्तै, हिमालय डिस्टिलरीको अत्याधिक कारोबार भएको छ, जसअनुसार यसको आज १० करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको हो । साथै एनआसिएसीया बैकको पनि ७ करोड माथिको सेयर कारोबार भएको छ । 

यता, १३ उपसुचकहरुमध्ये ५ कम्पनीमा ओरालो लागेको छ भने बाँकी कम्पनीहरुमा उकालो लागेको छ ।


प्रतिक्रिया