सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार

अर्थ समाचार

काठमाडौँ – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख १२ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख १२ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. चार सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख ११ हजार चार सय ५० तोकिएको छ ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. २० ले घटेर रु. एक हजार चार सय १० तोकिएको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट