`

सातामा प्रतितोला २०० ले घट्यो सुनको मूल्य

Nepal One HD २३ भदौ २०८० १३:१५
अर्थ समाचार

काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको जनाएको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता २०० रुपैयाँले सुनको मूल्य घटेको जनाएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ थियो । यस्तै, उक्त मितीमा तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ थियो । जुन यो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ छ ।

यस्तै, शनिवार चाँदीको मूल्यमा पनि प्रतितोला रु. ६५ रुपैयाँले गिरावट आएको छ। आज चाँदीको मूल्य प्रतितोला रु. १४ सय ५ रुपैयाँ कायम भएको छ । जुन, गत साताको शुक्रबार १४ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया