सेयरबजारमा सामान्य सुधार

अर्थ समाचार

काठमाडौ– साताको दोस्रो दिन सोमबार सेयरबजारमा सामान्य सुधार आएको छ ।
आज सेयरबजार परिसूचक नेप्से ४.२६ अंकले बढेर १९६९.१८ विन्दुमा कायम भएको हो । ‘क’ वर्गका कंपनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स्मा समेत सुधार आएको छ ।
आज सेयरबजारमा २ सय ७१ कंपनीका सेयर कारोबार भए । कुल २८ लाख ७४ हजार २७५ कित्ता सेयर ४२ हजार २४ कारोबारबाट ८७ करोड ४ लाख ४४ हजार रुपैयाँमा किनबेच भएको छ । आज बैकिङ समूहको परिसुच्क बाहेक सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै व्यापार समूहको परिसूचक १.६० प्रतिशतले बढेको छ ।
इमर्जिङ नेपाल लिमिटेड, थ्री स्टार हाइड्रोपावर लिमिटेड तथा भूगोल इनर्जी डेभलपमेन्ट कंपनीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने सुभम पावर लिमिटेड, पिपुल्स् पावर र समता घरेलु लघुवित्त वित्तिय संस्थाका सेयरधनी रहेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट