`

सार्वजनिक सेवा प्रसारणसम्बन्धी सूचना प्रविधि समितिमा छलफल

Nepal One HD ९ असोज २०८० १७:१८
अर्थ समाचार

सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानूनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल सुरु भएको छ । सिंहदरबारमा आज बसेको समिति बैठकमा उक्त विधेयकमाथि दफावार छलफल सुरु भएको हो । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक सञ्चार माध्यमलाई जनताप्रति जवाफदेही र उत्तरदायी तुल्याउन सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाइएको बताईन् । उनले विधेयकमाथि आएका संशोधनमाथि पनि छलफल गरेर जनउत्तरदायी बनाइने प्रतिवद्धता जनाइन् ।

२०७७ सालमा प्रस्तुत भएको विधेयक, यसबीचमा भएको परिवर्तनलाई समेत ध्यानमा राखेर अघि बढाउने उनको भनाइ छ । उनले रकारी सञ्चारमाध्यमलाई राष्ट्रिय सार्वजनिक सेवा प्रसारणका रुपमा रुपान्तरण गरी लोकतान्त्रिक मूल्य, मान्यता र स्वतन्त्र पत्रकारिताको मर्मलाई आत्मसात गर्दै जनताप्रति उत्तरदायी रुपमा सञ्चालनको उद्देश्य राखि कानून निर्माण अघि बढाएको दावी गरिन् ।

बैठकमा समिति सदस्यहरुले सार्वजनिक सेवा प्रसारण संस्थालाई राजनीति हस्तक्षेपबाट मुक्तका साथै सूचनाको पहुँच विस्तार गरी मुलुकको साझा संस्थाका रुपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।


प्रतिक्रिया