`

सचिव मधुकुमार मरासिनी सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Nepal One HD १५ असोज २०८० १४:२०
अर्थ समाचार

काठमाडौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग मन्त्रालयका सचिव मधुकुमार मरासिनी, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल सहित ७ जनाविरु भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । नेशनल पेमेन्ट गेटवे खरिदमा पौडेल र मरासिनी सहितका अधिकारीले भ्रष्टाचार गरेको आयोगको आरोप छ । अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन अध्यक्ष सञ्जय शर्मा, तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, केन्द्रका उप–निर्देशक सफल श्रेष्ठ, तत्कालीन सहायक निर्देशक रमेश पोखरेल र तत्कालीन लेखा अधिकृतहरु निमबहादुर वली र रामबहादुर बुढा तथा कम्प्युटर इन्जिनियर रामशरण गायकलाई प्रतिवादी कायम गरेको छ ।

सुचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र अर्थ मन्त्रालयको बजेट महाशाखाका तत्कालीन सहसचिव मधुकुमार मरासिनी समेतले पूर्वाधार नै तयार नगरी २५ करोडमा नेशनल पेमेन्ट गेटवे खरिद गरेका थिए । ६ वर्षअघि खरिद गरिएको नेशनल पेमेन्ट गेटवे (एनपिजी) अहिलेसम्म प्रयोगमा नल्याई राज्यको सम्पत्ति नोक्सानी गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।


प्रतिक्रिया