`

संघीय संसद भवन– दुई पटकसम्म म्याद थप्दापनि निर्माण पुरा नभएपछि समितिको चासो

Nepal One HD १५ असोज २०८० १६:४४
अर्थ समाचार

काठमाडौ– सिंहदरबारमा निर्माणाधीन संघीय संसद भवनको दुई पटकसम्म म्याद थप्दा पनि कामले गति नलिएपछि प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चासो अघि बढाएको छ । आज समितिका सदस्यहरुले निर्माणाधीन संघीय संसद भवनको अवलोकन गरेका थिए । अवलोकनपछि समितिले भवन निर्माणमा ढिलाई भएकोबारेमा शहरी बिकास मन्त्रालय, परामर्शदाता र निर्माण कम्पनीसंग प्रगति विवरण सहित छलफल गर्ने निर्णय गरेको छ ।

अनुगमनका क्रममा समिति सदस्यहरुले कामदारहरुसंग निर्माणका लागि भएको समस्याका बारेमा जानकारी लिएको थियो । सिंहदरबारभित्र १७३ रोपनी क्षेत्रफलमा नयाँ संसद भवन बनाउन २०७६मा सम्झौता भएपनि निर्माणको काम अझै सकिएको छैन । दूई पटक म्याद थप गर्दा पनि कामको गति बढेको नदेखिएकाले सरोकारवाला निकायसंग छलफल गर्ने निर्णय गरिएको समिति सभापति दिपक सिंहले जानकारी दिए । यस्तै, समितिले चाडपर्व नजिकदै जाँदा मुलुकभरको राजमार्गका साथै यातायातको अग्रिम बुकिङका साथै बसको व्यवस्थाका बारेमा समेत यातायात मन्त्रालयसंग छलफल गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया