`

आउँदो आइतबारदेखि दशैका लागि नयाँ नोट साट्न पाइने

Nepal One HD २१ असोज २०८० १६:००
अर्थ समाचार

काठमाडौ– असोज २९ गतेबाट दसैंको लागि नयाँ नोट साट्न पाइने भएको छ। आज राष्ट्र बैंकले सूचना जारी गर्दै असोज २९ देखि नयाँ नोट साटिने जानकारी दिएको हो । दसैंको लागि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार पाँच सय रूपैयाँ सटही सुविधा दिने भएको छ।

सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको एकरएक बण्डल नयाँ नोट पाउने भएका हुन्। दसैंको लागि मात्रै राष्ट्र बैंकले करिब १० अर्बभन्दा बढी रुपैयाँको नयाँ नोट बजारमा पठाउने गरी तयारी गरेको छ।


प्रतिक्रिया