सामान खरीदमा छुट दिने विषयमा सांग्रिला डेभलपमेन्ट बैंक र सेलवेज क्यास एण्ड क्यारीबीच संझौता

अर्थ समाचार

काठमाडौ– सांग्रिला डेभलपमेन्ट बैंक र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) बीच बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीहरुलाई विभिन्न किसिमका सामान खरिदमा छुट प्रदान गर्ने विष्यमा सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील मान प्रधानाङ्घले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार सेल्सबेरीले विभिन्न किसिमका सामान खरिदमा २५ प्रतिशतसम्म छुट प्रदान गर्नेछ । यसबाट बैंकका ग्राहक, बंैकका कर्मचारी तथा शेयरधनीले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट