कंगोमा निधन भएका सिल्लाको परिवारलाई एनआरएनएको २६ लाख सहयोग

प्रवास

काठमाडौं । वैदेशिक रोजगारीको लागि कंगोमा निधन भएका डोटीका सुरेश सिल्लाको परिवारलाई गैरआवासीय नेपाली संघले सहयोग गरेको छ । गैरआवासीय नेपाली संघ, कंगोको सक्रियतामा संकलित २६ लाख ६१ हजार रुपैयाँ उनको परिवारलाई राहतस्वरुप हस्तान्तरण गरिएको हो ।
शनिबार संघको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उनकी पत्नी राजु सिल्ला र बुवा पदम बहादुर सिल्लालाई सो रकम संघका अध्यक्ष डा. बद्री केसीले हस्तान्तरण गरेका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट