`

युक्रेनी पूर्व सांसदको गोली हानी हत्या

Nepal One HD ५ साउन २०८१ २०:१६
विश्व

युक्रेनी भाषाको बचाउ गर्दै बारम्बार मुखर अभिव्यक्ति दिने एक पूर्व युक्रेनी राष्ट्रवादी सांसदको गृहनगर एलभिभमा एक बन्दुकधारीले गोली हानी हत्या गरेको प्रहरीले बताएको छ ।

युक्रेनको अतिराष्ट्रवादी स्वोबोडा पार्टीकी सदस्य रहेकी ६० वर्षीया इरिना फारियनले केही समय संसदको सदस्यको रूपमा काम गरेकी थिइन् ।

रूसी भाषा बोलेर अधिकारी र सैनिकलाई चिढ्याएको कारण उनी विवादमा तानिएका थिइन् ।

“गोली लागि सख्त घाइते भएकी फारियनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ,” एल्भिभका नगर प्रमुख एन्ड्री साडोभीले भने ।

उनले भने, “युक्रेनमा अब कुनै सुरक्षित ठाउँ छैन। यस्तो निर्लज्ज, दुस्साहसी हत्या हुनुलाई नागरिकको सुरक्षाप्रतिका चासोका रूपमा हेरिएको छ । हत्यारालाई पत्ता लगाई तत्काल कडा कारबाही गरिनुपर्छ ।”

युक्रेनको महान्यायाधिवक्ताको कार्यालयका अनुसार स्थानीय समयअनुसार शुक्रबार साँझ करिब ७ः३० बजे एक अज्ञात बन्दुकधारीले फारियनलाई गोली हानेको अनुमान गरिएको छ ।

टाउकोमा गोली लागेको अवस्थामा गम्भीर अवस्थामा उनलाई अस्पताल लगिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार फारियनको हत्या भएको खबर प्राप्त भएको र उपलब्ध सबै निगरानी क्यामेराको जाँच भइरहेको बताए ।

उनले भने, “सबै अनुसन्धानात्मक कार्यहरू जारी छन् । अनुसन्धानका लागि रूसतर्फ जाने नाकामा पनि सुरक्षा जाँचलाई कडा पारिएको छ ।

फरियन एक प्रशिक्षित भाषाविद् र युक्रेनी भाषाको सबैभन्दा मुखर रक्षकमध्ये एक थिइन् । उनले रूसी युक्रेनियनहरू बोल्ने सैनिकहरूलाई ‘कोलाउन’ नसक्ने बताएपछि एल्भिभ विश्वविद्यालयमा प्रोफेसरको रूपमा आफ्नो जागिर गुमाउनुभएको थियो भने अदालतको फैसलापछि उनलाई पुनर्बहाली गरिएको थियो ।


प्रतिक्रिया