मुम्बईमा रहेर काम गर्दै आएका एकजना नेपाली पत्रकारको मृत्यु


बिष्णुप्रसाद गौतम, मुम्बई । भारतको मुम्बई नजिक बदलापुरमा एक नेपाली पत्रकारको मृत्यु भएको छ । उपचारका क्रममा शुक्रबार राति पत्रबार प्रेमसिंह जालनाको मृत्यु भएको हो ।
जालना नेपालको अछाम साँफेबगर नगरपालिका वडा नम्बर ६ घर भइ महाराष्ट्रको मुम्बई नजिक बदलापुरमा बसोबास गर्दै आएका थिए । दश दिनअघि अचानक मस्तिस्कघात भएपछि उनलाई ठानेको महावीर जैन अस्पतालमा लगिएको थियोे । बेहोस अवस्थामा नै उनको मृत्यु भएको इन्द्रबहादुर सिंहले जानकारी दिए ।
महराष्ट्रमा रहेर लामो समयदेखि उनी पत्रकारिता गर्दै आएका थिए । उनी नेपाली जनसम्पर्क समितिका केन्द्रीय मिडिया प्रभारी पनि थिए । मुम्बईमा हुने विभिन्न कार्यक्रम घटन, विचार उनले हर नेपाली माझ पस्किदै आएका थिए ।
ऊनी विश्वाकर्मा समाजका सदस्य, नेपाली जनसम्पर्क समितिका केन्द्रीय प्रभारी, संयुक्त नेपाली महासंघ को आजीवन सदस्य समेत रहेर काम गरेका थिए । उनका ३ छोरा र एक छोरी छन् । हजारौं नेपाली को माझ नेपाली कांग्रेस को झण्डा ओढाई बैसाली मिनानन्द नगर श्मशानघाट शनिबार उनको अन्त्येष्टि गरिएको छ ।



