`

टर्कीएको इस्तानबुलमा शक्तिशाली भूकम्प, केही घाइते

Nepal One HD १० वैशाख २०८२ १९:१९
विश्व

टर्कीएको इस्तानबुल र वरपरका क्षेत्रमा बुधबार दिउँसो ६.२ रिक्टर स्केलको भूकम्प गएको छ। टर्कीएको विपद् व्यवस्थापन निकायका अनुसार हालसम्म गम्भीर क्षति वा मानवीय क्षतिको रिपोर्ट आएको छैन।

भूकम्पको केन्द्रबिन्दु इस्तानबुलबाट करिब ४० किलोमिटर टाढा, मार्मारा समुद्रमा रहेको थियो। भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो। यसको झट्का टेकिरदाग, यालोभा, बुर्सा, बालिकेसिर र इज्मिरसम्म महशुस गरिएको थियो।

भूकम्पपछि केही पश्चात्कम्पहरू पनि आएका छन्, जसमध्ये एक ५.३ मापनको थियो।

भूकम्प हुँदा धेरै मानिसहरू सडकमा भागेका थिए। केही स्थानमा भवनबाट हाम फाल्दा मानिसहरू घाइते भएको जनाइएको छ। एक पुरानो खाली भवन भत्किएको खबर आएको छ।

इस्तानबुलको मेयरहरूले क्षति धेरै नरहेको भए पनि त्रास फैलिएको बताउनुभएको छ।


प्रतिक्रिया