मन्त्री यादवले गरे शङ्खधर साख्वाधर पार्कको उद्घाटन

NepalOne २५ जेठ २०८२ ९:३४
राजनीति

वीरगञ्ज । खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिका–४ स्थित शङ्खधर साख्वाधर पार्कको उद्घाटन गरेका छन् ।
मन्त्री यादवले शनिबार एक विशेष कार्यक्रमकाबीच वीरगन्ज महानगरपालिका–४ मा निर्माण सम्पन्न भएको उक्त शङ्खधर साख्वाधर पार्कको भव्य समारोहकाबीच उद्घाटन गरका हुन् ।

समारोहमा मन्त्री यादवले शङ्खधर साख्वाधरजस्ता राष्ट्रसेवकको योगदान सम्झन लायक भएको उल्लेख गर्दै यस्ता सार्वजनिक स्थलले समाजमा ऐतिहासिक चेतना जगाउने बताए ।

उक्त पार्क हिजोदेखि विधिवत रूपमा सर्वसाधारणका लागि सञ्चालनमा आएको एवं हरियाली, विश्राम स्थल र सांस्कृतिक सौन्दर्यले सजिएको यो पार्क वीरगञ्ज महानगरवासीका लागि नवीन श्वास र सामुदायिक मेलमिलापको थलो बन्ने मन्त्री यादवले विश्वास व्यक्त गरे ।

पार्क उद्घाटन कार्यक्रममा वीरगञ्ज महानगरपालिका नगरप्रमुख राजेमान सिंह, स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । वीरगन्जमा यस किसिमको सुन्दर र व्यवस्थित पार्कले शहरको सौन्दर्य र पर्यावरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया