फेवातालमा खसेका प्याराग्लाईडिङ्गका पाइलट र यात्रुको सकुशल उद्धार

प्रमुख खबर

पोखरा । पोखरामा प्याराग्लाईडिङ्ग ल्याडिङ्ग गर्ने क्रममा दुर्घटनामा परेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेका २ वटा प्याराग्लाईडिङ्ग ल्याडिङ्ग गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेका थिए ।
दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले उनीरुलाई दिउँसो करीव ३ बजे सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उद्धार गरिएकाहरुमा भारतको बनारस घर बताउने ४१ वर्षीय अकलेस यादव र ३५ वर्षीय चन्दन कुमार पटेल तथा अग्नि प्याराग्लाईडिङ्गका पाईलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाईडिङ्गका पाईलट २८ वर्षीय विश्वास अधिकारी छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट