दशनामी साहित्य, कला तथा संस्कृति बिभागको अध्यक्षमा गिरी

NepalOne ३० जेठ २०८२ १८:५८
समाचार

काठमाडौंँ । दशनामी साहित्य, कला तथा संस्कृति बिभाग गठन भएको छ । गीतसंगीत, साहित्य, कलाकारिता तथा संस्कृति क्षेत्रमा कार्यरत दशनामी सन्यासी कलाकर्मीको राजधानीमा आयोजित भेलाले उक्त बिभाग गठन गरेको हो ।

भेलाले कलाकार, निर्माता, निर्देशक अर्जुन गिरीको संयोजकत्वमा २२ सदस्य कार्यसमिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा भुमिका गिरी, हरी गिरी ‘बिमर्षी’, मिरा गिरी, राजु गिरी, पूजा पुरी, अस्मिता पूरी, अमृत भारती, कणराज गिरी, सचिन गिरी, राजेन्द्र गिरी ‘जादुगर गुन्द्रुके’, कुबेर गिरी, बाबुल गिरी, अनिता गिरी, अञ्जु पुरी, उज्वल गिरी, अब्सरा पुरी, अपेक्षा गिरी, सरस्वती बन, समुन्द्र गिरी, लक्ष्मी गिरी रहेका छन् ।

गायन, नृत्य, अभिनय, साहित्य लगायत कलाका बिभिन्न बिधामा छरिएर रहेका दशनामी सन्यासीहरुलाई एकबद्ध गर्ने उदेश्यले ‘दशनामी साहित्य, कला तथा संस्कृति बिभाग’ गठन भएको संयोजक अर्जुन गिरीले बताए ।

‘हामी देशभर थुप्रै दशनामी सन्यासी रहेका छन् । तिनमा पनि कला, साहित्य र संस्कृत क्षेत्रमा थुप्रै ब्यक्ति क्रियासिल छन्’, गिरीले भने ‘सबै गोलबद्ध भएर अझ अगाडि बढ्न यो बिभागले मद्दत पुग्छ ।’ बिभागले आगामी दिनमा नेपाली कलासंस्कृतिलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउने योगदान दिने गिरीको भनाई छ ।


प्रतिक्रिया