पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा डा मिश्र नियुक्त

NepalOne ३० जेठ २०८२ १९:०७
शिक्षा

काठमाडौँ ३० जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल विश्वविद्यालयको रिक्त रजिष्ट्रार पदमा प्रा डा कल्याणी मिश्र त्रिपाठीलाई नियुक्त गर्नुभएको छ ।विश्वविद्यालयका कुुलपतिसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले उपकुलपति प्रा डा बिजुुकुमार थपलियाको सिफारिसमा विश्वविद्यालयको ऐन, २०५० बमोजिम लमजुुङ घर भई हाल चितवन निवासी मिश्रलाई आज नियुक्त गर्नुभएको हो ।

एकतीस वर्षदेखि अध्ययनरत डा मिश्रले बागवानी विषयमा त्रिभुुवन विश्वविद्यालयबाट सन् २०१६ मा विद्यावारिधि गर्नुभएको थियो । उहाँ विभिन्न अनुसन्धान र प्रकाशन कार्यमा पनि संलग्न हुनुुहुुन्छ ।


प्रतिक्रिया