इरानको आक्रमणबाट ६ इजरायलीको मृत्यु

विश्व

बीबीसी । इजरयलले इरानमा आक्रमण गरेपछि सुरु भएको दुई देशबीचको तनाव तेस्रो रात पनि कायम रह्यो । दुवै तर्फबाट एक अर्काको देशमा गोलाबारी भइरहेको छ ।
इजरायली आक्रमणपछि प्रत्याक्रमणमा उत्रेको इरानले शनिबार राति मध्य इजरायलमा थप क्षेप्यास्त्रहरू प्रहार गरेको छ । इजरायली डिफेन्स फोर्सेस आईडीएफले पनि राति नै तेहरानमा हवाई आक्रमण गरेको बताएको छ । सले इरानको रक्षा मन्त्रालयसहित इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित क्षेत्रहरूलाई आफूले निसाना बनाएको बताएको हो ।
पछिल्लो इरानी हमलामा परेर इजरायलमा कम्तीमा ६ जनाको ज्यान गएको र १०० जनाभन्दा बढी घाइते भएको बताइएको छ ।
तेल अभिभको दक्षिणमा रहेको बात याम क्षेत्रमा एउटा भवनमा इरानले प्रहार गर्दा ती व्यक्तिहरूको मृत्यु भएको बताइएको छ । इरानले तम्राह क्षेत्रमा पनि आक्रमण गरेको इजरायली सञ्चारमाध्यमले जनाएका छन्।
प्रतिक्रिया