`

नवलपरासीमा डाइभर्सनसँगै बगायो बस, यात्रुको सकुशल उद्धार

Nepal One HD ६ असार २०८२ ६:२४
प्रमुख खबर

काठमाडौँ – नवलपरासीमा डाइभर्सनसँगै बस बगाएको छ । गएराति विनयी खोलामा आएको बाढीले डाइभर्सनसँगै एउटा बस बगाएको हो । काठमाडौंबाट नेपालगञ्जको लागि छुटेको बस डाइभर्सनसँगै थोरै बगेको र यात्रुलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

यससँगै नारायणगढ–बुटवल सडकखण्ड फेरि बन्द भएको छ । हिजो बेलुकी एकतर्फी खुलेको सडक रातिदेखि दुईतर्फी नै बन्द भएको हो ।

यससँगै प्रहरीले पूर्वबाट पश्चिम जाने गाडी नारायणगढ–मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल हुँदै र काठमाडौंबाट पश्चिम जाने गाडी मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल हुँदै जान आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *