सुनचाँदीको मूल्य घट्यो

अर्थ समाचार

काठमाडौँ । विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ ।
बुधबारको तुलनामा बिहीबार सुन तोलामा ४०० रुपैयाँ र चाँदीमा २५ रुपैयाँले घटेकामा त्यति नै परिमाणको सुन र चाँदी शुक्रबार क्रमशः ८०० र ५० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार एक तोला सुनको मोल एक लाख ९४ हाजर ७०० रुपैयाँ सोही परिमाणको चाँदीको मोल दुई हजार १५० रुपैयाँ निर्धारण भएको छ ।
बिहीबार प्रतितोला सुन एक लाख ९५ हजार ५०० र चाँदी दुई हजार २०० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३०० अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट