`

सरकारले सदनलाई हेपेको माओवादीको आरोप

Nepal One HD ६ असार २०८२ १३:०३
प्रमुख खबर

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले मन्त्रीहरु बिना सदन नचल्ने भन्दै विरोध जनाएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पाण्डेले सदनमा मन्त्रीसामु राख्नुपर्ने गुनासोहरु मन्त्रीहरुकै उपस्थितिबिना सदन संचालन गर्न नहुने भन्दै विरोध गरेका हुन् । उनले प्रश्न गरे, ‘मन्त्रीहरुले नियम पालना गर्न नपर्ने, अरुले मात्रै पालना गर्नपर्ने ?’

पाण्डेले सरकारले सदनलाई हेपेको आरोप लगाए । उनले भने, ‘सरकारले सदनलाई धेरै हेप्यो । बारम्बार कार्यसूची आउँछ अनि फेरि हटाइन्छ । कारण मन्त्रीको अनुपस्थिति भनिन्छ । आजपनि मन्त्री छैनन् । मन्त्रीहरु बेगर यो सदन अघि बढ्दैन । नियम अरुले मान्नपर्ने मन्त्रीहरुले मान्न पर्दैन ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *