`

बाढीपहिरोले सडक अवरोध भए तत्काल हटाइने, २ सय ५० इक्यूमेन्ट तयारी अवस्थामा

Nepal One HD ६ असार २०८२ १८:१५
प्रमुख खबर

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागका उप–महानिर्देशक एवम प्रवक्ता ई.प्रभात कुमार झाले नेपालमा मनसुनबाट हुने विपत्तिका घटनाबाट सडकमा हुने अवरोध हटाउनका लागि सबै तयारी भएको बताएका छन् ।

उनले जहाँ जतिबेला जे पर्छ तत्कालै त्यही अनुसार रेस्पोन्स गर्नेगरी तयारी गरिएको बताए । उनले मनसुनका बेला सडकमा आइपर्ने क्षति वा बाढीपहिरोको तत्कालै उद्धार गर्नेगरी तयारी भएको बताए । हरेक राजमार्गको अवरोध हटाउन देशभर २ सय ५० इक्यूमेन्ट तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

‘जोखम क्षेत्रमा डाइर्भसनबाटै भएपनि जोखिम घटाउने गरि काम गरिरहेका छौं । बीपी राजमार्गलगायत अन्य जोखिमयुक्त राजमार्गहरु दुई बर्ष पहिलेकै अवस्था पुर्याउने प्रयासमा छौं । सबैभन्दा उच्च जोखिममा रहेको अरनिको, कोदारी, दाउन्ने सडक क्षेत्रमा काम धमाधम जारी छ,’ उनले भने ।

‘उच्च जोखिम भएको बेला प्रशासनबाट पनि उद्धार हुन्छ । राजमार्गहरु रातिको समयमा पनि बन्द गर्नुपर्ने हुन्छ । अहिले डाइर्भसनबाटै सबै काम भइरहेको छ । पहिलाको भन्दा व्यवस्थित डाइभर्सन भइरहेको छ ।

पहिलेकै अवस्थामा आउन अझै दुई बर्ष लाग्छ । तर अहिलेचाहीं जोखिमलाई कम गर्न डाइर्भसनबाटै भएपनि जोखिम घटाउने गरि काम गरिरहेका छौं । पहिरो खसेको ठाउँमा तीन दिनभित्र मेन्टिनेन्स गरिसक्छौं । जहाँ जतिबेला जे पर्छ मेकानिकल तयार छन् । सबै स्थानमा हामी तयारी अवस्थामा छौं,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *