कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत ८२ करोड विनियोजन

अर्थ समाचार

खोटाङ, ६ असार : कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि खोटाङमा रु ८२ करोड २२ लाख ७५ हजार बजेट विनियोजन गरेको छ । एकवर्षे तथा बहुवर्षे गरी १५१ वटा योजना सञ्चालन गर्न सो बजेट विनियोजन गरेको हो ।
भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईको सचिवालयका कर्मचारी सन्तोष राईका अनुसार मन्त्रालयले खोटाङमा न्यूनतम रु सात लाखदेखि रु १० करोडसम्मका योजनाका लागि बजेट विनियोजन गरेको छ ।
जिल्लामा प्राप्त योजनामध्ये सबैभन्दा बढी रसुवाघाट–पाँचधारे सडक निर्माणका लागि रु १० करोड बजेट विनियोजन भएको छ । कोशी प्रदेश सरकारले आगामी आव २०८२/८३ का लागि असार १ गते रु ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरे पनि जिल्लागत बजेट भने बिहीबारमात्र सार्वजनिक गरेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट