स्कटल्याण्डविरुद्धको खेलमा नेपालले बलिङ गर्दै


काठमाडौं, ६ असार : स्कटल्याण्डमा जारी टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले टस हारेर पहिला बलिङको निम्तो पाएको छ ।
स्कटल्याण्डको ग्लासगोमा भर्खरै भएको ट्समा स्कटल्याण्डका कप्तान रिची बेंरिग्टनले टस जितेर ब्याटिङ रोजेका छ्न । आजको खेलमा नेपाली टोलीमा एक खेलाडी परिवर्तन भएको छ । नेपालले बिहीबार भएको नेदरल्याण्ड्स विरुद्ध खेलेको टिमबाट करण केसीलाई आराम दिँदै रिजन ढकाललाई मौका दिएको छ । नेपाल ३ खेलमा २ मा जित र १ मा हारका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ ।
त्यसैगरी स्कटल्याण्ड समान खेलमा २ मा हार र १ मा जितका साथ तेस्रो स्थानमा छ । पहिलो भेटमा नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको थियो । त्यसअघि नेपाल सोमबार नेदरल्याण्ड्ससँग पराजित भएको थियो भने बिहीबारको अर्को खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको थियो ।
नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, लोकेश बम, आसिफ शेख, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, रिजन ढकाल, रुपेश सिंह, सन्दीप लामिछाने र ललितनारायण राजवंशी छ्न ।