`

एमालेको सचिवालय बैठक बस्दै

Nepal One HD ११ असार २०८२ ८:०८
बिशेष

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे सचिवालय बैठक डाकिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ । एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *