ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते, घाइतेमध्ये तीनको अवस्था

प्रमुख खबर

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ मा गएराति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् । स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत र छोरी सम्झना घाइते भएका स्थानीय मौसम सेलिङले जानकारी दिए ।
घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो । कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट