`

निजामती विधेयकमा ठूलो षड्यन्त्र भएको छ, छानबिन हुनुपर्छः माओवादी

Nepal One HD १८ असार २०८२ १३:३१
प्रमुख खबर

काठमाडौं । नेकपा माओवादी केन्द्रले निजामती विधेयक चलखेल प्रकरणमा ठूलो षड्यन्त्र भएको भन्दै छानबिन गर्न माग गरेको छ ।

बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले निजामती सेवासम्बन्धी विधेयकको कुलिङ पिरियडमा षड्यन्त्र भएको बताएका हुन् । उनले कुलिङ पिरियड टाइप मिस्टेक नभई षड्यन्त्र भएको बताए ।

उनले यस प्रकरणमा संलग्नलाई कडा कारबाही गर्न माग गरे । यसमा समिति सभापति खतिवडामाथि छानबिन गर्नुपर्ने उनले बताए । प्रमुख सचेतक पाण्डेले समिति सभापति खतिवडाले आफूले धेरै पटक माग्दा पनि विधेयक पढ्न नदिएको बताए ।

उनल भने, ‘समिति सभापति रामहरि खतिवडाले आफूले धेरै पटक माग्दा पनि विधेयक नै पढ्न दिनुभएन। विश्वासको घात भएको छ ।’

पाण्डेले समिति सभापतिसहित अनुसन्धानको दायरामा आउनुपर्ने र सभापतिले को–को बसेर गरेको हो जानकारी दिनुपर्ने बताए। उनले संसदबाट उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने र कुलिङ पिरियड जसरी पनि लागु हुनुपर्ने बताए ।

एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले पर्दा पछाडिबाट मुख्यसचिव र सचिवहरूले भूमिका खेलेका हुन् कि भन्ने लागिरहेको बताए। विधेयकमाथि जालझेल गर्ने भूमिकामा उनीहरू संलग्न छन् कि छैनन् भन्नेबारे पनि छानबिन गर्नुपर्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *