`

एमालेले पनि माग्यो समिति सभापति खतिवडाको राजीनामा

Nepal One HD १८ असार २०८२ १२:५२
बिशेष

काठमाडौं । नेकपा एमालेले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ ।

बैठकमा एमाले सांसद पदम गिरीले आजको बैठकमा खतिवडाको राजीनामा माग गरेका हुन्।

“यो नेपालको संसद्को इतिहासमा लज्जास्पद स्थिति हो । प्रतिवेदनमा समितिको सभापति र सचिवको हस्ताक्षर छ । हेर्ने अन्तिम दायित्व उहाँहरूको हो,” सांसद गिरीले भने, “जिम्मेवारी लत्याएर गैरजिम्मेवार बनेको देखियो । नैतिकताको हिसाबले जिम्मेवारीमा रहन मिल्दैन ।”

सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने उनको माग छ । “सचिव पनि यो समितिमा सचिवको रूपमा बस्न मिल्दैन,” उनले भने ।

संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरिडको व्यवस्थाबारे निर्णय एउटा र अन्तिममा पारित गर्ने बेलामा अर्कै बुँदा उल्लेख भएको विषयमा चर्को आलोचना र विवाद भइरहेको छ।

एमालेकै सांसद वासुदेव घिमिरेले पनि सभापति खतिवडा र समितिका सचिव सुरजकुमार दुराले राजीनामा दिनुपर्ने माग राखे।

“अधिकारसम्पन्न छानबिन समिति बनाउनुपर्छ। सभापति र सचिवले राजीनामा दिनुपर्छु उनले भने। एमालेकै अर्का सांसद राजेन्द्र राईले पनि सभापति खतिवडाको राजीनामा माग गरे।”

“सभापतिज्यू, अब तपाईंले छोडदिनुपर्छ। समितिको अपमान गर्ने अधिकार हुन्न। सचिव कहाँ चुक्नु भो ? तपाईंलाई कसले फसायो रु बाटो खोल्दिनुस्’ उनले भने, ‘शंका थियो मैले नराखौँ भनेको हो। बुरुक–बुरुक उफ्रिनुभो। पछि त हटाउनु नै रहेछ। मुलुकलाई घाटा हुन्छ। मिहिनेत गरेका छिनछिनमा चेन्ज गर्नुहुन्छ। अब तपाईंको नेतृत्वमा बस्न सक्दैनौँ।”

प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपाले पनि खतिवडाको राजीनामा मागिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *