विनयी खोलाको नयाँ पुल सञ्चालनमा, पूर्वपश्चिम राजमार्गमा यातायात संचालनमा सहजता

प्रमुख खबर

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी खोलाको नयाँ पुल सञ्चालनमा आएको छ । बिहीबारदेखि नयाँ पुल सञ्चालनमा आएको नागढुंगा–मुग्लिन सडकको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।
पुल संचालनमा आएसँगै पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालनमा केही सहजता भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्कीबासको विनयी खोला पुलमा अधिक भारको कारण क्षति भई सवारी आवागमन बन्द भएको थियो भने सडक डिभिजन भरतपुरबाट अस्थायी डाइभर्सन निर्माण गरि सवारीसाधन संचालनमा आइरहेको थियो ।
तर वर्षातको समयमा आएको पानीको वहावले निर्माण गरेको अस्थायी डाइभर्सन पटक–पटक गरि ९ पटकसम्म बगाएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट