`

एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एकजना पक्राउ

Nepal One HD १९ असार २०८२ १४:४३
प्रमुख खबर

काठमाडौं । गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले चौहानलाई गाली गरेको आरोपमा चितवनका गुन्जन राईलाई पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत काठमाडौंमा म्याद थप गर्ने तयारी भइरहेको ब्युरोले जनाएको छ । गायिका एलिना चौहानले गत सोमबार साइबर ब्युरो पुगेर सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने चार जनाविरूद्ध उजुरी दिएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *