`

प्रदेश-१ प्रदेश सभाको प्रथम अधिवेशन १७ पुसमा

Nepal One HD १२ पुष २०७९ १४:३४
प्रशासन

काठमाडौं / प्रदेश नम्बर १ को प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गतेका लागि बोलाइएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार  एक सूचना जारी गर्दै संसदको अधिवेशन डाकेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको प्रथम अधिवेशन डाकेका हुन् । सोमबार प्रदेश १ को मन्त्रिपरिषद् बैठकले प्रदेशसभा अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो ।


प्रतिक्रिया